महोत्तरी– सरकारले गरेको नयाँ स्थानीय पुनःसंरचनाको विरोध गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज जिल्ला समन्वय समिति महोत्तरी र जलेश्वर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।


ADVERTISEMENT


आज दिउँसो करिब ११ बजे जिल्ला समन्वय समिति र जलेश्वर नगरपालिकाको कार्यालयमा पुगेका मोर्चाका नेता तथा कार्यकर्ताले त्यहाँ कार्यरत कर्मचारीलाई बाहिर निकालेर कार्यालयका मूलढोकामा तालाबन्दी गरेका छन् ।


ADVERTISEMENT

# # #


जिल्ला समन्वय समितिको ठाउँमा जिल्ला विकास समिति लेखिनुपर्ने तथा जिविस र नगरपालिकाबाट सरकारले पुनःनिर्माण गरेको स्थानीय निकायको संरचना अनुसार कुनै पनि काम हुने नदिने भन्दै जिविस महोत्तरी र जलेश्वर नगरपालिकामा तालाबन्दी गरिएको मोर्चाका संयोजक रामनरेश रायले बताए ।

तालाबन्दीका कारण जिविस महोत्तरी र जलेश्वर नगरपालिकाका कामकाज पूर्ण रुपमा ठप्प भएका छन् ।