लमजुङ– बाहुनडाँडा र भुलभुलेको सीमा भएर बग्ने ङादी खोलामा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको छ ।


ADVERTISEMENT


उक्त जलविद्युत् आयोजना विसं २०७६ चैतसम्म सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको हो । कुल रु छ अर्बको लागतमा निर्माण हुने सो आयोजनामा ७५ प्रतिशत अर्थात् रु चार अर्ब ४० करोड बैंकको लगानी रहने छ । प्रवद्र्धकको स्वामित्व पुँजी रु एक अर्ब ५० करोड रहेको छ । संस्थापक सेयरधनीको रु एक अर्ब १२ करोड ५० लाख लगानी रहने आयोजनाका प्रबन्धक उत्तम अमात्यले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात् रु २२ करोड ५० लाख र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत अर्थात् रु १५ करोड सेयर छुट्टयाइएको उनले बताए । आयोजनामा १५/१५ मेगावाटको दुईवटा टर्बाइन रहनेछ । वार्षिक १७ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।