काठमाडौं – सरकारले विभिन्न समयमा लिएर तिर्न बाँकी सार्वजनिक ऋणको भार निरन्तर चुलिएर करिब २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८-७९ को वार्षिक तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’ प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा अहिले एक वर्षमै सार्वजनिक ऋण २ खर्ब ७७ अर्ब ११ करोड रुपैयाँले बढेको हो।


ADVERTISEMENT


आर्थिक वर्ष २०७७-७८ को अन्त्यसम्ममा नेपालले तिर्न बाँकी ऋण​ १७ खर्ब ३४ अर्ब ४७ करोड रुपैयाँबराबर थियो। यस्तो ऋणको भार बढेर गत असार मसान्तसम्म २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ नाघेको हो।


ADVERTISEMENT

# # #


सरकारले गत आर्थिक वर्ष  २०७८-७९ मा मात्र २ खर्ब ३८ अर्ब रुपैयाँ लिनेगरी सम्भौता गरेको थियो। जसमध्ये १ खर्ब ४४ अर्ब ६० करोड रुपैयाँ ऋण सहायता हो ।

हाल निरन्तर चलिएको सरकारी सार्वजनिक ऋणले नेपालीको प्रतिव्यक्ति ऋण​भार समेत बढेर प्रतिव्यक्ति ६८ हजार ९ सय ७ रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको प्रारम्भिक तथ्यांकमा यस्तो औंल्याइएको हो। यो समाचार राजधानी दैनिकमा छ ।