काठमाडौँ– एसीसी यु-१६ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा अहिले आयोजक थाईल्याण्डसंग प्रतिस्पर्धा गरिरहेको छ ।


ADVERTISEMENT


टेर्ड थाई मैदानमा निर्धारित ३५ ओभरको खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले ३४.३ ओभरमा सम्पूर्ण विकेट गुमाई १७९ रन बनाउदै थाईल्याण्डलाई १८० रनको लक्ष प्रस्तुत गरेको छ।


ADVERTISEMENT

# # #


नेपालको लागि तृतराज दासले सर्बाधिक ३९ रनको योगदान दिए जुन क्रममा उनले ५६ बलमा ४ चौका प्रहार गरेका थिए। यस्तै कुशल मल्लले २४, सुनिल भण्डारीले २३, राजन मगरले १७ तथा कप्तान रित गौतमले १६ रन योगदान दिए।

थाई बलर कोकिएट चाटवोंगले सर्बाधिक ३ विकेट हात पारे भने कोंगकिएकोन र चिरपहंगले २र२ विकेट आफ्नो नाम गरे।

आज बाट सुरु भएको प्रतियोगितामा कुल ८ टोलि सहभागी छन्। नेपाल सहित थाईल्याण्ड, हङकङ, मलेसिया, म्यानमार, चीन, भुटान, सिंगापुर सहभागी प्रतियोगितामा नेपाल समुह ‘ए’ मा थाईल्याण्ड, हंगकंग र म्यानमार छ।

नेपालले १२ डिसेम्बरमा हंगकंग तथा १४ डिसेम्बरमा म्यानमारको सामना गर्नेछ। समुहमा उत्कृस्ट हुने २ टिम सेमीफाइनल पुग्नेछ। सेमीफाइनल १६ डिसेम्बर र फाइनल १७ डिसेम्बरमा खेलिनेछ। प्रतियोगिताका सबै खेलहरु ३५ ओभरको इनिंगमा खेलिनेछ।