काठमाडौं-माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू पराजित भए पनि वाम गठबन्धनको सानदार विजयबाट अत्यन्त खुसी भएको बताएका छन् ।


ADVERTISEMENT


‘मैले सधैँ नेपाली कम्युनिस्ट आन्दोलनको एकीकरण र वाम गठबन्धनको पक्षमा प्रयत्न गरिरहेँ, व्यक्तिगत रूपमा मेरो पराजय भए पनि वाम गठबन्धनको सानदार विजयबाट म अत्यन्त खुसी छु । मेरा लागि यो नै ठूलो विजय हो । वाम सरकारद्वारा समाजवादउन्मुख समृद्धि हासिल गर्न र पार्टी एकता सफल पार्न लागिपर्नेछु,’ श्रेष्ठले भने ।


ADVERTISEMENT

# # #


उनले आफू संसद्मा नहुँदैमा वाम गठबन्धनले अभाव महसुस नगर्ने बताए । ‘म पराजित हुँदैमा वाम गठबन्धन र पार्टी एकतासम्मको अभियानमा कुनै कमी हुँदैन, म वाम पार्टी एकता अभियानमा सक्रिय रूपमा लाग्नेछु । जहाँसम्म संसद्मा मेरो उपस्थिति नहुने कुरा छ, धेरै साथीहरू विजयी हुनुभएको छ, मेरो अभावले कुनै नोक्सान हुँदैन ।’