काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको औचित्यमाथि नै प्रश्न उठाएका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा दोश्रो दिन बयान दिने क्रममा उहाले महाभियोगमा प्रस्तावक रहेका सांसद छानविन समितिमा रहनु न्यायोचित नभएको भन्दै समितिको औचित्यमाथि नै प्रश्न उठाएका हुन् । त्यस्तै उनले समितिको असक्षम र पूर्णतः विफल भएको भन्ने आरोप पनि उचित नभएको बताए ।


ADVERTISEMENT

# # #


बिहीबार जबरामाथि दुईवटा प्रश्न सोधिएको थियो । समितिका सभापति रामबहादुर विष्टले अर्को बैठक आइतबार बस्ने र थप प्रश्न सोधिने जानकारी दिए । उनले प्रश्नको जवाफ जवराले दिइरहेको भन्दै जवाफका बारेमा पछि छलफल हुने र निष्कर्षमा पुगिने बताए । मंसिर ४ गते चूनाव रहेकाले त्यसअघि नै सवै प्रक्रिया पूरा हुने उनको भनाई छ ।

छलफलपछि कांग्रेस सांसद मीन विश्वकर्माले बिहीबार ५ र ६ नम्बरको प्रश्न सोधिएको बताए । बयानका क्रममा जबराले आफ्नो बचाउको लागि राखेका विषयलाई समितिले स्वभाविक रुपमा लिएको उनले बताए ।

त्यस्तै माओवादी केन्द्रकी सांसद रेखा शर्माले समितिको प्रक्रियाका बारेमा नै प्रश्न उठाएको धारणा राखिन् । संविधान अनुसार नै समिति गठन भएको र सदस्यहरु रहेको आफुहरुको भनाई रहेको उनले जानकारी दिए ।

समितिले जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरेको छ । गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिधिधिसभामा महाभियोग दर्ता भएको थियो ।