काठमाडौँ – कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म भएको कक्षा १२ को परीक्षाको नजिता ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


यस वर्ष कक्षा १२ को परीक्षामा ३ लाख ६३ हजार ८ जनाले भाग लिएका थिए । तर, बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार यसवर्ष नियमिततर्फ ३.६१ देखि ४ जीपीए ४ हजार १७९ जना मात्रैले ल्याएका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ३० हजार १०७ जना, २.८१ देखि ३.२० आउने ६५ हजार २८४ जना, २.४० देखि २.८० आउने ६४ हजार ९३ जना, २.१ देखि २.४० जीपीए आउने १० हजार ९ सय र १.६१ देखि २ जीपए आउने ३५ जना रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै ननग्रेडेड परीक्षार्थीको संख्या भने १ लाख ८८ हजार ४१० रहेको छ । दुई विषयमा ननग्रेडिङ (एनजी) आउने परीक्षार्थीले असोजको अन्तिममा हुने परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।