काठमाडौं – हुण्डी कारोबारी भारतीय नागरिक राजु अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।


ADVERTISEMENT


राजु अग्रवाल भनिने भारत राजस्थान सिक्कर देवथलका राजेन्द्र कुमारलाई साउन २३ गते काठमाडौँ महानगरपालिका १८ नरदेवीबाट ७४ लाख रुपैयाँ नगदसहित पक्राउ परेका थिए।


ADVERTISEMENT

# # #


अनुसन्धानका क्रममा उनले खाटु इन्टरनेशनलका नाममा व्यवसाय गर्ने भनी हुण्डीजन्य कारोबार गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभागमा बुझाएको थियो।

उनले चीनबाट सामान ल्याई विद्युतीय व्यवसाय गर्ने भनी कार्यालय खोलेर कर्मचारी राखेको तर बैङ्क खाता नखोली नगदै जम्मा गरी हुण्डीजन्य कारोबार गरेको विभागको आरोप छ। उनीबाट बरामद रकम जफत र सजाय दिलाउन माग दाबी गर्दै विभागले मुद्दा चलाएको छ।