काठमाडौं – नेपाली काँग्रेसले पत्रकार सन्तोष न्यौपानेलाई प्रदेशसभा सदस्यमा सिफारिस गरेको छ ।


ADVERTISEMENT


नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) समितिले नेपाल प्रेस युनियनका नेतासमेत रहेका पत्रकार न्यौपानेलाई प्रदेशसभा सदस्यको समानुपातिक सूचीमा सिफारिस गरेको हो ।


ADVERTISEMENT

# # #


दुई दशकभन्दा बढी समय नेपाली पत्रकारिता क्षेत्रमा विताएका न्यौपानेसँग नेपाल प्रेस युनियनको विभिन्न पदमा बसेर काम गरेको अनुभव छ । काठमाडौँको लैनचौरमा स्थायी बसोबास गर्दै आएका न्यौपानेले पार्टीको विभिन्न विभागमा समेत काम गरेका थिए ।

न्यौपानेले इमेज टेलिभिजनमा काम गर्दा माओवादी अध्यक्ष प्रचण्डको शक्तिखोर भिडियो सार्वजनिक गरेर चर्चा कमाएका थिए । राष्ट्रिय समाचार समितिको पूर्व सञ्चालक समिति सदस्य भइसकेका न्यौपानेले हाल नेपाल टेलिभिजनमा समसामयिक विषयवस्तुबारे अन्तवार्ता लिँदै आएका छन् ।