काठमाडौं – नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंह र सशस्त्रका आईजी राजु अर्याल न्यूयोर्कमा द्विपक्षीय भेटवार्तामा व्यस्त रहेका छन् ।


ADVERTISEMENT


संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा सञ्चालित राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको तेस्रो सम्मेलनमा सहभागी नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल द्विपक्षीय भेटवार्तामा व्यस्त बनेका हुन्।


ADVERTISEMENT

# # #


भेटमा महानिरीक्षकद्वयले संयुक्त राष्ट्रसंघका विभिन्न व्यक्तित्वहरूसँग साझा सुरक्षा, अन्तर्राष्ट्रिय अपराध सञ्जाल, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध नियन्त्रणलगायतका विषयमा छलफल गरेका छन्।