काठमाडौं-कैलाली क्षेत्रनम्बर २ को मतगणना कार्य रोकिएको छ । मुचुल्कामा भन्दा कम मत मतपेटिकामा भेटिएपछि गणना कार्य रोकिएको हो । कोटातुल्सिपुर बुथको मतपेटिकामा मुचुल्कामा उल्लेख भएको भन्दा १०९ मत कम भेटिएर विवाद भएपछि गणना रोकिएको मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले बतायो ।


ADVERTISEMENT


कैलाली क्षेत्रनम्बर २ मा एमालेका झपटबहादुर रावल र कांग्रेसका मोहनसिंह राठौरबीच प्रतिस्पर्धा छ । एमाले उम्मेदवार रावल २ हजार भन्दा बढी मतअन्तरले अगाडि छन् । गणना रोकिएको अवस्थासम्म रावलको १३ हजार २८६ र राठौरको ११ हजार १८८ मत छ ।


ADVERTISEMENT

# # #