काठमाडौं-अर्घाखाँचीको प्रदेशसभाका २ क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन् ।


ADVERTISEMENT


प्रदेशसभा क्षेत्र नं १ मा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले) का चेतनारायण आचार्य २४ हजार ६१५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल मुस्कानले १४ हजार १३५ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


आचार्यले खनाललाई १० हजार ५१६ मतअन्तरले जितेका हुन् । प्रदेशसभा २ मा वाम गठबन्धनतर्फबाट एमालेका रामजिप्रसाद घिमिरे २६ हजार १५९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हिम्मतबहादुर टण्डनले १७ हजार २३३ मत प्राप्त गरे ।