काठमाडौं-प्रतिनिधि सभामा प्रदेश नम्बर सातबाट प्रधानमन्त्री शेरबहादुर देउवा प्रत्यक्षमा चुनाव जित्ने नेपाली कांग्रेसका एक्ला सांसद हुने भएका छन् । मंसिर १० र २१ गते भएको चुनावमा सो प्रदेशमा कांग्रेसका अरू सबै उम्मेदवार पराजीत भएका छन् ।


ADVERTISEMENT


दुई क्षेत्रको मतगणना जारी छ। कैलाली १ मा प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी भारी मतले जीतको नजिक छन् भने कैलाली –२ मा पनि कांग्रेस उम्मेदवार मोहनसिंह राठौर २ हजार मतले पछि छन् ।


ADVERTISEMENT

# # #


चुनावको केहीदिनअघि मात्र एमालेबाट कांग्रेस प्रवेश गरेका राठौरले चुनाव जितेमा प्रदेश नम्बर सातबाट चुनाव जित्ने कांग्रेसका दोस्रा उम्मेदवार हुनेछन् ।

प्रदेश नम्बर ७ मा प्रतिनिधि सभाको १६ सिट छन् । समानुपातिकमा भने सो प्रदेशमा कांग्रेसले एमालेभन्दा केही बढी मत पाएको छ। समानुपातिकको मतगणना जारी छ।