काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथिको बलात्कार आरोपबारे अनुसन्धानकै क्रममा प्रहरीले गम्भीर भुल गरेको देखिएको छ । प्रहरीले अनुसन्धानका क्रममा प्राप्त प्रमाणहरुलाई सुरक्षित राखेर अदालती प्रक्रिया सुरु गर्नुपर्नेमा त्यसो नगरी आाम सञ्चारलाई पहिले नै सूचना दिएर लामिछानेमाथि बलात्कार प्रमाणित  नै भएको जसरी प्रचार गरिएको चर्चा गर्न थालिएको छ ।


ADVERTISEMENT


कानुनी राज्यमा अदालतले बलात्कार भएको हो भनेर प्रमाणित नगरेसम्म यसरी कसैको पनि चरित्रिक बदनाम गर्न नपाइने कानुनविद्हरु बताउँछन् ।


ADVERTISEMENT

# # #


कानुनी प्रकृयामा पीडित र पीडक दुवै पक्षको गोपनीयता र चरित्रमा आँच आउनसक्ने कुरालाई ध्यान दिनुपर्ने कानुनविदहरु दाबी गरिरहेका छन्  । अदालती प्रकृयामा गइसकेपछि मात्र प्रहरीले यी र यस्ता कुरा प्रमाणका रुपमा देखिएकोले मुद्दा दायर गरिएको हो भनेर जानकारी दिनुपर्ने हुन्छ जसमा प्रहरीले ध्यान दिएको छैन । प्रहरीले सबै प्रमाणहरु संकलन नै नगरी मिडियाबजी गरेको सामाजिक सञ्जालमा चर्चा चलेको देख्न सकिन्छ ।

अर्कोतर्फ अदालती प्रकृयामा मुद्दा पेश नगरी इन्टरपोलको मद्दतमा प्रहरीले लामिछानेलाई पक्राउ गर्ने कुरा उठाउनु पनि जायज देखिएको छैन । ३५ दिनभसत्र सूचना निकालेर अदालतमा हाजिर गराउनू भनेर प्रहरीलाई अदालतले आदेश नदिएसम्म इन्टरपोलको सहकार्यमा हामी प्रक्राउ गर्छौं भनेर मिडियाबाजी गर्नु पनि कानुनकै हुर्मत लिने काम भएको सन्दीप पक्षधर वकिलहरु बताउँछन् ।

बलात्कार जस्तो सेन्सेटिभ आरोपका सन्दर्भमा प्रहरीले पीडकलाई प्राप्त प्रमाणका आधारमा अदालतमा पेशर गराउनुपर्ने कानुनी प्रावधान रहेको छ । तर, पीडक भनिएका लामिछाने यतिबेला देशबाहिर रहेका छन् ।

आफूविरुद्ध लागेको मुद्दाबाट बच्न लामिछानेले अन्य कुनै देशको नागरिकता नै लिएर कुनै देशको संरक्षणमा बसे भने नेपालको प्रहरीले उनलाई समात्न सक्ने अवस्था पनि छैन । लामिछाने यतिबेला विश्व क्रिकेटको एक हिस्साका रुपमा रहेका छन् । उनलाई स‌ंरक्षण गर्न विदेशी खेल जगतले अर्को कदम चालिदिए भने पीडित भनिएको पक्षले न्याय नपाउने खतरातिर प्रहरीले खासै ध्यान दिएको छैन ।

प्रहरीले बुधबार  काठमाडौं इन होटलको ‘सिसिटिभी फुटेज’ संकलन गरेको छ। सिसीटिभी फुटेज निकाल्नुपूर्व नै प्रहरीले लामिछानेविरुद्ध लागेको आरोप मिडियालाई दिइसकेको थियो ।   प्रहरी स्रोतका अनुसार नाबालिगले दाबी गरेकै समयमा दुवै जना होटलभित्र प्रवेश गरेको र बिहान ६ बजे बाहिरिएको देखिएको पनि बताएको छ । तर होटलको अतिथि पुस्तिकामा भने उनीहरूको नाम नै भेटिएको छैन ।

यसबाहेक हालसम्मको प्रहरी अनुसन्धानमा सन्दीपले ती किशोरीलाई पुरानो बानेश्वरबाट आफ्नै गाडीमा राखेर नगरकोट पुर्‍याएको र त्यहाँ आफू सधैँजसो जाने रिसोर्टमा राति ११ बजेसम्म बसेको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिएका छन्।

त्यसपछि त्यहाँबाट सिनामंगल बास बसेर बिहान  ६ बजे होटलबाट बाहिरिएर सिधै होस्टलबाहिर किशोरीलाई छाडेर सन्दीप फर्किएको देखिएको प्रहरीले दाबी गरिरहेको छ ।