इलाम – इलामको रोङ गाउँपालिकामा कभर्डहल निर्माण गरिएको छ । गाउँपालिकाको धार्मिक एवं पर्यटकीयस्थल हाँसपोखरीमा उक्त कभर्डहल निर्माण गरिएको हो ।


ADVERTISEMENT


कभर्डहल निर्माणका लागि गाउँपालिकाले रु २५ लाख, संसदीय विकास कोष इलाम क्षेत्र नं १ ले रु ३० लाख र प्रदेश नम्बर १ पर्यटन मन्त्रालयले  आठ लाख विनियोजन गरेको थियो । कभर्डहललमा ब्याडमिन्टन, टेबलटेनिस, कराते, तेक्वान्दो, बक्सिङलगायत खेल सञ्चालन तथा प्रशिक्षण गराउन सहज हुने छ ।


ADVERTISEMENT

# # #


गाउँपालिकाका अध्यक्ष मणिकुमार स्यांबो कभर्डहलमा राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न सकिने बताउँछन् । विसं २०४५ देखि निरन्तर कराँते खेलको विकासमा लागिपरेका योगेश चाम्लिङले खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताए । यसअघि कभर्डहल नहुँदा बर्खाको समयमा खेल अभ्यास गर्न समस्या हुने गरेको थियो । खुला मैदानमै अभ्यास गर्नुपर्ने बाध्यता थियो । रासस