काठमाडौं – बुधबार कुमारी क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवा नामकनयाँ वे टु लिस्टिङ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाअन्तर्गत नेपालको प्रचलित कानुनबमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन पुर्व गर्नुपर्ने वित्तियतथा संगठनात्मक पुनर्संरचना लगायतका कार्यमा आवश्यक सम्पुर्ण वित्तिय तथा कानुनी परामर्श सेवा उपलब्ध गराउने भएको हो ।


ADVERTISEMENT


क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने, निष्कासित धितोपत्र नेपाल धितोपत्र विनिमय बजार (नेप्से) मा सुचीकरण गराउने लगायतका सम्पुर्ण सेवाहरु प्रदान गराउने छ । क्यापिटलको यस सेवाले वास्तविक क्षेत्रका कम्पनिहरुलाई धितोपत्र बजारमा भित्राउने धितोपत्रबोर्डको नितिलाई समेत सहयोग पुर्याउने छ ।


ADVERTISEMENT

# # #


क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत व्यवसायिक तथा वित्तिय योजनाको तयारी, वित्तियतथा संगठनात्मक पुनर्संरचना, वित्तियश्रोत जुटाउन सहयोग , कम्पनी मुल्याङ्कन, तथा परीयोजना मुल्याङ्कन, प्रबन्धपत्र तथा नियमावली संशोधन ,आन्तरिक नियन्त्रण प्रणालिको विकास तथा प्रभावकारिता मुल्याङ्कन , ब्यवस्थापकीय परामर्श जस्ता कार्य गर्नेछ ।