अब घरघर र अफिसमा एनआईशी एशिया क्यापिटलका कर्मचारी 


ADVERTISEMENT


काठमाडौं‌ –  एन आई सी एशिया क्यापिटलले विगत लामो समय देखि “एक नेपाली, एक डिम्याट खाता“ अभियान संचालन गरी सहज रुपमा डिम्याट खाताको पहुँच सेवाग्राही माँझ पुर्याउँदै आइरहेको छ ।


ADVERTISEMENT

# # #


हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्नको लागि स्वयम् व्यक्ति सम्बन्धित निक्षेप सदस्य कम्पनीमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको र उक्त व्यवस्थाले गर्दा अहिलेको व्यस्त समयमा स्वयम उपस्थित भई डिम्याट खाता खोल्न नसक्ने व्यक्तिहरुलाई सहज रुपमा डिम्याट खाता खोलिदिने मुख्य उद्देश्यका साथ उक्त सेवा संचालन गरिएको हो ।

अहिलेको व्यस्त समयमा सेवाग्राहीहरुलाई घर अफिसमा नै पुगी छोटो समयमा डिम्याट खाता उपलब्ध गराई डिम्याट खाता तथा मेरो शेयर खाता संचालन सम्बन्धमा आवश्यक जानकारी उपलब्ध गराईने हुँदा सेवाग्राहीहरुले उक्त योजनाबाट लाभ लिई सहज र झनझट रहित रुपमा डिम्याट तथा मेरो शेयर खाता प्राप्त गर्नसक्ने छन् ।

एन आई सी एशिया एक्सप्रेस डिम्याट सेवा अन्तर्गत क्यापिटलका कर्मचारीहरु स्वयम उपस्थित भई डिम्याट खाता खोलिदिने तथा शेयर अभौतिकीकरण गर्नको लागि आवश्यक सहजिकरण गरिदिने व्यवस्था मिलाईएको छ ।

उक्त सेवा प्राप्त गर्नको लागि क्यापिटलको ईमेल ठेगाना [email protected] मा अनुरोध पठाउन वा क्यापिटलको मोवाईल नं. ९८५११२२९९४ मा सोझै कल÷वा मिसकल गर्न सकिनेछ । साथै उक्त सेवामा सहभागी हुन कम्तीमा तीन जना व्यक्तिहरुको समूह हुनुपर्नेछ । हाललाई यो सेवा काठमाण्डौ उपत्यका भित्रको लागि मात्र उपलब्ध हुने छ ।