काठमाडौं – नेपाली संगीतका चीरपरिचित गायक शिव परियारले बलात्कारलाई पेशा बनाउनेहरूलाई भण्डाफाेर गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै बलात्कारलाई पेशा बनाउनेहरूप्रति कडा टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


उनले लेखेका छन्, ‘कृपया यतिबेला सबै बर्ग ,सम्प्रदाय ,जात ,धर्म र नेपालीहरुले नेपालमा मौलाएको बलात्कार व्यावसायको भण्डाफोर गर्न जरुरी देख्दछु ।’


ADVERTISEMENT

# # #


यति मात्र नभएर गायक परियारले अन्तर्राष्ट्रिय छवि भएका सबैलाई सक्ने खेल त भएको छैन भन्दै लेखेका छन्, ‘नेपालको गरिमा विश्वमा राख्नसक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ ?’

उनले क्रिकेटर सन्दीप लामिछानेलाई नियतवश फसाउन त लागेको होइन भन्ने आशयले लेखेका छन्, ‘बलात्कारलाई पेशा बनाउने गिरोह उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरुको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो । कृपया अनुसन्धान होस् ।’

गायक परियारको स्टाटस जस्तै 

सम्माननीय नेपाल सरकार ! यो पेशेवर पिडित भनौंदाहरुलाई पनि व्यवस्थित गरी कारबाही गर्ने कुनै कानुनको धारा होला नी ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ ? यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरुको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो । कृपया अनुसन्धान होस् । होईन भने बलात्कारी आरोपको प्रधानमन्त्री, बलात्कारी आरोपको मेयर, बलात्कार आरोपको कलाकार, बलात्कार आरोपको संस्कृतिबिद, बलात्कार आरोपको वैज्ञानिक, बलात्कार आरोपको किसान, बलात्कार आरोपको शिक्षाविद्, बलात्कार आरोपको खेलाडी , बलात्कार आरोपको सामाजसेवी भएको देश नेपाल हो भनेर बिश्व मानचित्रमा दर्ज हुन बेर लाग्ने छैन ।

यी बलात्कार गिरोहको पर्दाफास र सन्निकट हुन जरुरी देख्दछु म । कृपया यति बेला सबै बर्ग ,सम्प्रदाय ,जात ,धर्म र नेपालीहरुले नेपालमा मौलाएको बलात्कार व्यावसायको भण्डाफोर गर्न जरुरी देख्दछु । अनुसन्धानबाट नियतबस बलात्कार नै हो भने कानुनत: छुट नहोस् । तर देशका सबै आईकनलाई सिध्याउने नियत सहितको केश अवस्था हो भने सम्माननीय नेपाल सरकार, नेपाल प्रहरी र अदालत सबै निकाय यस बिषयमा संवेदनशील हुनुपर्ने अवस्था देख्दछु । तर  दुखी आत्माहरुले आफ्नो प्रसिद्धि, प्रतिष्ठा एउटा नाबालिक प्रशंशक प्रति यौनको भोक मेटाउँन प्रयोग गरेको हो भने मुलाहरुको सामान काट्ने कानुन आए पनि म राजी छु सरकार ।