काठमाडौँ – नवौं राष्ट्रिय खेलकुद २०८९ अन्तर्गतको पुरुष क्रिकेटमा एनआरएनए एकेडेमीले विजयी सुरुआत गरेको छ ।


ADVERTISEMENT


टियु क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराउँदै एनआरएनएले सुखद सुरुआत गरेको हो । एनआरएनएले दिएको ७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर मात्र ६२ रन बनायो ।


ADVERTISEMENT

# # #


वर्षाको कारण मैदान ओसिलो भएपछि ढिला सुरु भएको खेल ६ ओभरमा घटाईएको थियो । प्रतियोगिता अन्तर्गत मुलपानी क्रिकेट मैदानमा तय भएको दुबै खेल रद्द भएको थियो । वर्षाको कारण मुलपानीमा तय भएको गण्डकी प्रदेश र मधेश प्रदेशबीचको पहिलो खेल रद्द भएको थियो भने मुलपानीमै तय लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशबीचको खेल समेत टस नभई रद्द भएको छ ।

त्यस्तै टियु क्रिकेट मैदानमा तय भएकोे बागमती प्रदेश र प्रदेश–१ बीचको खेल पनि बर्षाका कारण रद्द भएको छ । प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।