काठमाडौँ – बेलायती महारानी एलिजाबेथ द्वित्तीयको निधनमा नेपालले तीन दिन शोक मनाउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले महारानी एलिजाबेथको निधनमा भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


बैठकले नेपालभरका सरकारी कार्यालयहरू साथै विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने समेत निर्णय गरेको छ । साथै महारानीको निधनप्रति दुःख व्यक्त गर्दै बैठकले महारानीको दिगंवत आत्माको चिरशान्तिको कामना समेत गरेको छ ।


ADVERTISEMENT

# # #


आजै राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँस्थित बेलायती राजदूतावास पुगेर महारानीप्रति श्रद्धाञ्जलि अर्पण गरेकी थिइन् ।

बेलायतको इतिहासमा सबैभन्दा धेरै समय राजगद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको गत बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनले बेलायतको रानीको रुपमा ७० बर्षभन्दा बढी समय भूमिका निर्वाह गरेकी थिइन् ।

उनको निधनसँगै उनका छोरा चार्ल्स तृतीय बेलायतको राजा बनेका छन् ।