काठमाडौं – ललितपुर क्षेत्र नं २ क बाट नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदका लागि नामहरु सिफारिश गरेको छ । सिफारिश भएकामा ७ जनाको नाम रहेको छ ।


ADVERTISEMENT


सिफारिश नामहरुमध्ये महालक्ष्मी ९ लामाटारकी रोशनी थापा सिलवाल, सिद्धिपुरका लक्ष्मीबहादुर महर्जनका अलावा कृष्णकुमार महर्जन, रामहरि बजगाई, नेत्रकुमार पुलामी, काजीरत्न महर्जन, बबिता रनपौली छन् ।


ADVERTISEMENT

# # #


यसैगरी, प्रदेश क प्रत्यक्षतर्फ सांसदका लागि उमंग केसी, सुमनकुमार केसी, रामगोपाल सिंह, राजेन्द्र अमात्य र धनकुमार मैनालीको नाम सिफारिश भएको छ ।

ललितपुरको प्रतिनिधि सभा क्षेत्र नं २ मा बाबुराज बज्राचार्य र श्यामकृष्ण महर्जनको नाम सिफारिश भएको छ । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधि सभामा माओवादीले गठबन्धनबाट उम्मेदवार पाउने सम्भावना कम छ ।

प्रदेश क र ख मा पनि प्रत्यक्षतर्फ उम्मेदवार पाउने सम्भावना कम देखिएको छ । यसकारण यो क्षेत्रमा समानुपातिकतर्फ प्रदेशमा कुन कुन नामको टुंगो लाग्ने हो भन्ने चासो बढेको छ ।