काठमाडौं – जिल्ला प्रहरी कार्यालय काभ्रेले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ का अन्दाजी ३० वर्षीय नारायण पाख्रिन नक्कली नोट नौ हजारसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार बिहिबार काभ्रेको रोशी गाउँपालिका ७ बडारेगाउँमा एक व्यक्ति नक्कली नोट बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा उनी पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी चौकी कटुन्जेबेशीबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले पाख्रिनलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ परेका पाख्रिनलाई जिल्ला अदालत काभ्रेबाट अनुसन्धानका लागि म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।