काठमाडौँ – नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिको विरोधमा नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पस अघि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।


ADVERTISEMENT


आइतबार क्याम्पस अगाडी नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिको पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थी र प्रहरीबिच झडप भएको थियो । प्रहरी र विद्यार्थीबीच ढुंगा हानाहान भएपछि सो क्षेत्रको यातायात केहिबेर अवरुद्ध भएको थियो भने झडपका क्रममा केहि विद्यार्थी घाइते भएका छन् ।

विद्यार्थीहरुले नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग गर्दै नारावाजी गरेका थिए ।