काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफ्नो संकल्प विकास र समृद्धि , शान्ति र स्थायित्व भएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा दोश्रो नेपाल युवा उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले आफुले राजनीतिक लडाइँको नेतृत्व सफलतापूर्वक सम्पन्न गरेकाले अब सम्पूर्ण ध्यान संकल्प विकास र समृद्धि , शान्ति र स्थायित्वमा केन्द्रीत हुने बताएका हुन् । उनले आफ्नै नेतृत्वमा ठूला ठूला परिवर्तन स्थापीत भएको र अब विकास र समृद्धिका लागि बाँकी जिवन व्यतित गर्ने चाहना रहेको जिकिर गरे । प्रचण्डले मुलुकको आर्थिक विकासका लागि स्रोत र सधानको अधिकतम प्रयोग गर्नुपर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


नेपालको राजनीतिक वातावरण र नेतृत्वको इच्छाशक्तिको अभावका कारण स्रोत र साधनको प्रयोग गर्ने भिजन र योजना तथा कार्यक्रम बन्न नसकेको प्रचण्डले बताए । उनले अहिले आयात बढ्दै जानु निकै चिन्ताको विषय भएको भन्दै कृषि क्षेत्रलाई नै प्राथमिकतामा राख्दै आन्तरिक उत्पादनमा वृद्धि गर्नुपर्ने धारणा राखे ।

त्यस्तै प्रचण्डले मुलुकको बिकासका लागि भौतिक पूर्वाधार मात्रै नभई डिजिटल पूर्वाधार आवश्यक रहेकाले यसमा युवाहरुको विशेष ध्यान जानुपर्ने बताए ।