काठमाडौं-नेकपा एमालेका पोलिटव्यूरो सदस्य शत्रुधन महतो धनुषाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । महतो धनुषा क्षेत्र नम्बर ४ को (ख)बाट १२ हजार ८ सय मत प्राप्त गरी बिजयी भएका हुने । उनले आफ्ना चीरपरिचित प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बासलाल महतोलाई पराजित गरे ।


ADVERTISEMENT


प्रतिस्पर्धी बासलालले ११ हजार ५४९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । सो क्षेत्रमा संघीय समाजवादी फोरमका राजकिशोर महतोले ७ हजार ९४० मत प्राप्त गरे । एमाले नेता महतोको यो क्षेत्रमा हृयाट्रिक हो ।


ADVERTISEMENT

# # #


०६४ मा कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानालाई पराजित गरेका महतोले ०७० मा कांग्रेसकै बासलाल महतोलाई पराजित गरेका थिए । यसपटक प्रदेशसभा सदस्यमा पनि उनले बासलाललाई नै पराजित गरे । महतो एमालेबाट २ नम्बर प्रदेशको मुख्यमन्त्रीको दाबेदार थिए । तर २ नम्बर प्रदेशमा मधेसवादी गठबन्धनको बहुमत आउने देखिएकाले अब प्रतिपक्षमा रहनेछन् ।

सो प्रदेशबाट एमालेका प्रदेश संयोजक तथा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल पनि प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । मण्डलपछि यस प्रदेशको प्रदेशसभामा चुनाव जित्ने महतो दोस्रो वरिष्ठ नेता हुन् ।