काठमाडौं– प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम अन्तिम भएसँगै मुलुकका सात प्रदेशमा कसको सरकार कसरी बन्छ रु भन्ने जोडघटाउ सुरु हुन थालेको छ ।


ADVERTISEMENT


प्रदेश नम्बर १ को अहिलेसम्मको तथ्याङकमा आधारित रहेर यो प्रदेशमा कसको सरकार बन्दैछ रु भन्नेमा चुनावी मतपरिणामका आधारहरु केलाउँदा बाम गठबन्धनको दुई तिहाइको प्रदेश सरकार बन्ने निश्चित प्रायः देखिएको छ ।


ADVERTISEMENT

# # #


प्रदेश नम्बर १ मा १४ जिल्ला छन् जसमा प्रत्यक्षतर्फ ५६ सिट र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट हुन्छन् । यी मध्ये यो समाचार तयार पार्दा सम्म प्रत्यक्षतर्फको एक सिट बाहेक अरु सवै सिटको नतिजा सार्वजनिक भैसकेको छ ।

यो प्रदेशमा एमालेले प्रत्यक्षतर्फ नै ३६ वटा सिट जितेको छ भने माओवादी केन्द्रले १० सिट जितेको छ । माओवादी र एमालेको सिटसंख्या जोड्दा ४६ सिट हुन्छ । यो प्रदेशमा बहुमतको सरकार गठन गर्न ४७ सिट र दुईतिहाई बहुमतको सरकार बनाउन ६२ सिट आवाश्यक छ । यसरी प्रत्यक्षबाट मात्रै हेर्दा दुई पार्टीले सहजै बहुमतको सरकार बनाउने देखिन्छ ।

समानुपातिकमा यस्तो नतिजा

प्रदेश नम्बर १ मा एमालेले पछिल्लो मतपरिणाम अनुसार सर्वाधिक ४० प्रतिशत मत हासिल गरेको छ । दोस्रो स्थानमा काङ्ग्रेसले ३३ प्रतिशत, तेस्रोमा माओवादीले १४ प्रतिशत, चौँथोमा संघीय समावादी फोरमले ४ प्रतिशत र अन्य दलहरुले ८ प्रतिशत मत ल्याएका छन् ।

यही प्रतिशतलाई आधार मान्दा समानुपातिकका ३७ सिट मध्ये एमालेले १५, काङ्ग्रेसले १२, माओवादीले ५, फोरमले १ सिट जित्ने देखिन्छ । बाँकी ८ सिटको भागबन्डाको लागि अन्तिम नतिजा पर्खनुपर्ने देखिन्छ ।

यसरी प्रत्यक्षमा एमालेले जितेको ३६ र समानुपातिकमा अनुमानित १५ सिट जोड्दा ५१ सिट हुन्छ । यसरी एमाले एक्लैले बहुमतको सरकार निर्माण गर्न सक्ने देखिन्छ ।

यता, गठबन्धनमा रहेको माओवादी केन्द्रले प्रत्यक्षमा १० र समानुपातिकमा अनुमानित ५ सिट जोड्दा कूल १५ सिट जितेको छ ।

यसरी दुई पार्टीको सिट जोड्दा बाम गठबन्धनको ६६ सिट हुन आउँछ । यसरी गठबन्धनले दुई तिहाईका लागि आवश्यक ६२ सिट सजिलै पुर्याउने देखिन्छ ।

एक नम्बर प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेसले सातवटा सिट मात्र जितेको छ भने अन्य साना दलले दुई सिट जितेका छन् । यसरी हेर्दा यो प्रदेशमा एमाले माओवादी गठबन्धनको आरामसाथ दुई तिहाइको सरकार बन्ने लगभग पक्का जस्तै देखिन्छ ।

मुख्य मन्त्री को ?

मत परिणाम सार्वजनिक भएसँगै यो प्रदेशमा कुन पार्टीका नेता मुख्यमन्त्री बन्छन् भन्ने सर्वसाधारणमा चासो र चर्चा समेत हुन थालेको छ ।यद्यपी दलहरुले भने यसवारे औपचारिक मुख खोलिसकेका छैनन । तर, निर्वाचनअघि भने एमालेका तर्फबाट यसअपघि सुचना तथा सञ्चारमन्त्री समेत भइसकेका शेरधन राईले प्रदेशसभातर्फ निर्वाचन लडेपछि उनैलाई १ नम्बर प्रदेशको मुख्यमन्त्रीका रुपमा चर्चामा ल्याएको थियो । राइले भोजपुर प्रदेशसभा ‘ख’ बाट चुनाव जितिसकेका छन् ।