काठमाडौँ – पाकिस्तानलाई हराउँदै श्रीलंकाले एशिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार साँझ भएको फाइनलमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले हराउँदै टी–२० फर्म्याटमा पहिलो पटक एशिया कपको ट्रफी हात पारेको हो ।


ADVERTISEMENT


युएईको दुवईूिथत दुवई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनायो । १७१ रनको चुनौती पच्छ्याउँदै मैदान प्रवेश गरेको पाकिस्तान निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


पाकिस्तानका लागि मोहम्मद रिजवानले ४९ बलमा ४ चौका र १ छक्कासहित ५५ तथा इफ्तिखर अहमदले ३१ बलमा २ चौका र १ छक्काको मदतमा ३२ रन बनाए भने ह्यारिस रौफले ९ बलमा १ चौका र १ छक्काको मदतमा १३ रन जोडे । पाकिस्तानका अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

पाकिस्तानलाई सस्तैमा समेट्नेक्रममा बलिङतर्फ श्रीलंकाका प्रमोद मधुसुदन लियानागाम्बेले ४ विकेट चट्काए भने वानिन्दु हसरंगा डी सिल्भाले ३ तथा चामिका करुणारत्नेले २ तथा महेश थिक्सानाले १ विकेट लिए ।

यसअघि श्रीलंकाका लागि भानुस्का राजपाक्षले शानदार ब्याटिङ गरे । उनले ४५ बलमा ६ चौका र ३ छक्कासहित नटआउट ७१ रन बनाए । यस्तै वानिन्दु हसरंगा डी सिल्भाले २१ बलमा ५ चौका र १ छक्का ठोक्दै ३६ रन बनाए । यस्तै धनञ्जय डी सिल्भाले २८ तथा चामिका करुणारत्नेले १४ रन जोडे ।

पाकिस्तानका लागि ह्यारिस रौफले ३ तथा शदाफ खान, निशम शाह र इफ्तिखर अहमदले समान १–१ विकेट लिए ।