काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।


ADVERTISEMENT


उनले आज राष्ट्रपतिको कार्यालयमा आयोजित एक समारोहमा म्यानमारका राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका राजदूत डिल्लीराज पौडेललाई पद तथा गोपनियताको शपथ गराएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु उपस्थिति थिए ।