काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडका क्रेडिटकार्ड प्रयोगकर्ताहरुले समान मासिक किस्ता (ईएमआई) सुविधामा टि.भि तथा इन्टरनेट प्याकेज पाउने भएका छन् । जसका लागि मछापुच्छ्रे बैँकले एनआईटिभी स्ट्रिम्ज प्रा.लि. र वर्ल्डलिंक कम्युनिकेसन प्रा.लि.सँग त्रिपक्षीय सम्झौता गरेको हो ।


ADVERTISEMENT


उक्त सम्झौतापत्रमा एनआईटिभी स्ट्रिम्ज प्रा.लि. र वर्ल्डलिंक कम्युनिकेसन प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत क्रमशः निरन राजभण्डारी र केशव नेपाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालज्यूले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


उक्त सम्झौता बमोजिम माछापुच्छ्रे बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको ‘इन्स्टापे’ सुविधा मार्फत टि.भि तथा इन्टरनेटसम्बन्धी विभिन्न कम्बो प्याकेज ईएमआईमा लिन सक्नेछन् । आउँदो दशैं, तिहार एवं छठ पर्वलाई लक्षित गरी एनआईटिभी स्ट्रिम्ज प्रा.लि. र वर्ल्डलिंक कम्युनिकेसन प्रा.लि.ले संचालन गरेको ‘फेस्टिभिटी अफर’ मा ग्राहकले करीव ५६% सम्मको छुट पाउन सक्नेछन् ।

बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको के्रडिट कार्ड तथा इन्स्टापेबाट उपभोग गर्न सक्ने बैँकले जनाएको छ । बैंकको के्रडिट कार्ड नभएका ग्राहकहरुले अनलाइन मार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा एनआईटिभी स्ट्रिम्ज प्रा.लि. र वर्ल्डलिंक कम्युनिकेसन प्रा.लि.को नेपालस्थित सबै कार्यालयहरु मार्फत उपलब्ध गराईने जनाइएको छ ।