काठमाडौं – गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँग  जोडिएको घटनामा क्षतिपूर्ति नलिने बताएकी छन् ।  उनले सो घटनासँग सम्बन्धित क्षतिपूर्ति  बापत वा अन्य कुनै पनि रकम माग नगरेको र नलिने बताएकी छन् ।


ADVERTISEMENT


सामाजिक सञ्जाल फेसबुकमा मंगलबार स्टाटस लेख्दै उनले अदालतको फैसलाअनुसार आफूले क्षतिपूर्ति बापतको रकम लिने आफ्नो मनसाय नरहेको उल्लेख गरेकी हुन् ।


ADVERTISEMENT

# # #


उनले सामाजिक सञ्जालमा आफूविरुद्ध आएका नकारात्मक कुराहरूमा दुःखसमेत पोखेकी छन् । साथै उनले दर्शकको साथ सहयोग र सकारात्मक बिचारले आफ्नो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएको बताएकी छन् ।

उनको स्टाटस जस्ताको तस्तै

मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकबृन्दहरुमा मेरो हार्दिक नमस्कार !
यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारlता क्षेत्रका निम्ति नै दुखद घटना हो।

सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।

बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। म आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।