काठमाडौं – दशैंका लागि आज बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बुधबारबाट नयाँ नोट साट्न थालेको हो ।


ADVERTISEMENT


बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट बुधबारदेखि नयाँ नोट साट्न थालिएको छ । एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन् ।


ADVERTISEMENT

# # #


जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन् । राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तिय संस्थाले भने २ असोजबाट नयाँ नोट साट्ने छन् ।