काठमाडौं-स्याङ्जा १ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका एमाले उम्मेदवार नारायणप्रसाद मरासिनी विजयी भएका छन् । मरासिनीले करिब १० हजार मतान्तरले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु थापालाई पराजित गरेका हुन । मरासीनीले ३९ हजार ४ सय ३३ मत प्राप्त गरे भने राजु थापाले २८ हजार ७ सय ३१ मत पाएका थिए ।


ADVERTISEMENT


प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै थापाले विजयी मरासिनीलाई दोसल्ला ओढाएर सम्मान गर्दे सफल कार्यकालको शुभकामनासहित बधाई दिएका छन् । निर्वाचित मरासिनीले स्याङ्जाको विकासमा हातेमालो गर्दै अघि बढ्ने बताए । मरासिनी दोस्रो संविधानसभा निर्वाचन २०७० मा थापासँगै पराजित भएका थिए ।


ADVERTISEMENT

# # #


स्याङ्जा १ मा रहेका कूल मतदाता १ लाख ८६ हजार ८९ मध्ये ७० हजार ३ सय १४ (६४ दशमलब ६९ प्रतिशत) मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।