काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कुनै पनि देशले दिने माग जस्ताकोत्यस्तै स्वीकृत नगर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् । बिहीबार ९ वटा देशका श्रम सहचारी र काउन्सिलरसँग मन्त्रालयमा भएको भर्चुअल बैठकमा बोल्दै उनले डिमाण्ड आयो भन्दैमा राम्रोसँग नबुझेर स्वीकृत नदिन निर्देशन दिएका हुन् ।


ADVERTISEMENT


मन्त्री कुँवरले उनीहरुलाई माग ल्याएर आएपछि राम्रोसँग बुझेर देश र श्रमिकको हित हुने खालको छ भने मात्रै स्वीकृत दिनुपर्नेमा जोड दिनुपर्ने बताए । कसैको दबाब र धम्बीको आधारमा माग स्वीकृत नगर्न पनि आग्रह गर्दै उनले डर, धम्की दिने व्यवसायीहरुसँग आफूले कुराकानी गर्ने जनाए ।


ADVERTISEMENT

# # #


उनले श्रम सहचारी र काउन्सिलरलाई देशको प्रतिनिधित्व गर्न सरकारले पठाएकाले आफ्नो भूमिका अनुसार काम गर्न निर्देशन दिए । श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलरर श्रम सहचारीहरूले भूमिका खेल्नुपर्ने मन्त्री कुँवरले बताए । साथै उनले नेपाली श्रमिकले गर्ने काम र पाउने तलबका विषयमा बेला बेला अनुगमन गरेर काम गर्न पनि अनुरोध गरे ।

९ वटा देशका श्रम सहचारी र काउन्सिलरले मन्त्री कुँवरले आफुले काम गरिरहेको श्रम गन्तव्य मुलुकमा श्रमिकका समस्या, तलबको अवस्था, म्यानपावर व्यवसायीले गरेको ठगि, जेल र मृत्यु भएका व्यक्तिहरुको व्यवस्थापन, अलपत्र परेका व्यक्तिहरुलाई दुतावासले गरिरहेको सहयोग लगाएतका विषयमा जानकारी गराएका थिए ।

उनीहरुले नेपालीहरु काम गर्न भन्दा पनि भिजिट भिसामा गएर लुकेर बसेका कारण समस्यामा पर्ने गरेको जानकारी मन्त्रीलाई गरेका छन्। भिजिट भिसालाई व्यवस्थापन गर्नका लागि सहयोग गरिदिन मन्त्री कुँवरलाई उनीहरुले आग्रह गरे । त्यस्तै सीप सिकेका कामदारलाई मात्रै विदेश पठाउनका लागि सरकारले विशेष पहल गर्नु पर्ने पनि उनीहरुले माग राखेका छन् ।