काठमाडौं-स्याङ्जा क्षेत्र नम्बर २ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमाले नेतृ पद्मा अर्याल विजयी भएकी छिन् । नेपाली कांग्रेसका नेता एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्दै नेतृ अर्याल विजयी भएकी हुन् ।


ADVERTISEMENT


निर्वाचन कार्यालयले दिएको अन्तिम परिणाम अनुसार अर्यालले ३५ हजार १४१ मत प्राप्त गरेकी छिन् भने उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार श्रेष्ठले ३१ हजार ४ सय ३६ मत प्राप्त गरेका छन्।


ADVERTISEMENT

# # #


मतगणना सकिए पनि औपचारिक घोषणा भने हुन बाँकी छ।