काठमाडौँ – सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शनिबार मध्यरातदेखि लागू हुनेगरी संसदको ११ औँ अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।


ADVERTISEMENT


निर्वाचनको मिति नजिकिँदै गर्दा हालको प्रतिनिधिसभाको कार्यकाय कहिलेसम्म हुने भन्ने विवाद भइरहँदा सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । नेपालको संविधानको धारा ९३ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य वा आह्वान गर्न सक्ने व्यवस्था रहेको छ ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि असोज २ र ३ मा समानुपातिक उम्मेदवारको सूची पेश गर्न मिति तोकेको छ । यस्तै प्रत्येक्षतर्फको मनोनयन असोज २३ गते गर्ने निर्वाचन आयोगको तयारी छ ।

त्यसअघि नै प्रतिनिधिसभाको कार्यकाल सकिनेपर्ने कतिपयको तर्क छ भने कतिपयले निर्वाचन भएर मतपरिणाम नआउञ्जेल हालकै प्रतिनिधिसभा कायम रहने जिकिर गर्दै आएका छन् ।