काठमाडौँ – महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबरासंग बयानको लिखितप्रतिमा हस्ताक्षर लिएको छ ।


ADVERTISEMENT


समितिले तयार गरेका ४३ प्रश्नको जवाफ समेटेर समितिले जबराको बयान १७४ पेजमा समेटेकोमा शुक्रबार बयानको ६५ पेजसम्म हस्ताक्षर लिइएको समितिका प्रवक्ता लक्ष्मी गौतमले जानकारी दिए । बैठकमा जबरालाई आफ्नो बयान पढेर सुनाउने र हस्ताक्षर गराउने काम भएको थियो ।


ADVERTISEMENT

# # #


शुरुमा समिति सदस्यहरूले चोलेन्द्रलाई १ सय ७४ पेज लामो बयानको अन्त्यमा हस्ताक्षर गर्न आग्रह गरेका थिए । तर, जबराले हस्ताक्षर गर्न अस्वीकार गरेपछि बयानको प्रत्येक पृष्ठ पढेर सुनाउँदै हस्ताक्षर गराउने गरिएको थियो । शनिबार बाँकी बयान पढ्ने र हस्ताक्षर गर्ने काम हुने प्रवक्ता गौतमले बताए ।

समितिको बैठक शनिबार बिहान ८ बजे नै बोलाइएको छ । हस्ताक्षर सम्पन्न गरेपछि जबरालाई पुरक प्रश्न सोधिने पवक्ता गौतमले बताए ।