काठमाडौं-विद्युत् प्राधिकरणको पोखरा मालेपाटनस्थित वितरण तथा ग्राहक सेवा केन्द्रबाट घूस लिँदै गरेको अवस्थामा कर्मचारी पक्राउ परेका छन् ।


ADVERTISEMENT


इलेक्ट्रिक फोरम्यान ईश्वरप्रसाद सुवेदीलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ नगद लिँदालिँदै मंगलबार दिउँसो अख्तियारले नियन्त्रणमा लिएको हो । सुवेदीले थ्री फेज विद्युत् मिटर जडानको लागि ग्राहकसँग रकम असुलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा क्षेत्रीय कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्राधिकरणमा चौंथो तहका कर्मचारी सुवेदीको सम्पूर्ण कागजात अख्तियारले नियन्त्रणमा लिएको छ । उनलाई आवश्यक अनुसन्धानको लागि अख्तियारको नियन्त्रणमा राखिएको छ ।