काठमाडौँ – प्रमुख दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलका प्रतिनिधिहरु आयोग पुगेर समानुपातिक तर्फको बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले बन्दसूची बुझाउन आइतबार र सोमबारको दिन तोकेको थियो ।


ADVERTISEMENT

# # #


बन्दसूची असोज १६ गतेसम्म सच्याउन मिल्ने भएकाले बुझाइएको नाम नै अन्तिम भने नहुने आयोगले जनाएको छ । बन्दसूची बुझाउदै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अव माहौल निर्वाचन मय भएको बताए । उनले कांग्रेस नयाँ दृष्टिका साथ जनतामा जाने बताए ।

त्यस्तै माओवादीका नेता वर्षमान पुनले सत्तागठबन्धनलाई कायम राखि निर्वाचनमा जाने प्रतिवद्धता जनाए । उनले नेपाल समाजावादी पार्टीलाई पनि माओवादीकै चूनाव चिन्हबाट निर्वाचन लड्ने र समानुपातीक सूचीमा पनि संगै रहेको जानकारी एि । उनले सूचीमा यसअघि समानुपातीकमा परेका र स्थानीय तहमा निर्वाचनमा उठेकालाई पनि सूचीमा नरहेको बताए ।

त्यस्तै एमालेका नेता निरज आचार्यले यसअघि समानुपातीकमा रहेका पुराना कोहिलाई पनि नदोहराएको बताए । आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन् । निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै झण्डै २० हजार हुने आयोगको अनुमान छ ।

मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउने व्यवस्था छ । यसअनुसार प्रतिनिधि सभामा १ सय १० र प्रदेश सभामा दुई सय २० सांसद समानुपातिकबाट छानिने आयोगले जानकारी दिएको छ । आयोगका अनुसार असोज ४ देखि ९ गतेसम्म दलले बुझाएको बन्दसूचीमा कमजोरी भएमा सच्याउन समय तोकिएको छ ।

आयोगबाट जानकारी पाएपछि १० देखि १६ गतेसम्म बन्दसूची संशोधन गरी बुझाइसक्नुपर्ने निर्वाचन कार्यक्रम छ ।