स्याङ्जा – स्याङ्जामा सोमबार चट्याङ लागेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा आँधीखोला गाउँपालिका वडा नं १ पञ्चमूल राजाश्वाँराका ३३ वर्षीय किसान दर्जी रहेका छन् ।


ADVERTISEMENT


सोमबार राति ८ः३० बजे भीषण वर्षा भइरहेको र किसान घरमै बसिरहेका बेला चट्याङ पर्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।


ADVERTISEMENT

# # #


पञ्चमूल पोखरा सम्पर्क समाजका सचिव नारायण ढकालका अनुसार उनको मंगलबार पोखरामै अन्त्येष्टि गरिएको छ । किसानका बुबा, आमा, श्रीमती, एक छोरा र एक छोरी छन् ।