काठमाडौँ – निजी वायुसेवा सञ्चालक कम्पनी यती एयरलाइन्स प्रा.लि. २५औँ वर्षमा प्रवेश गरेको छ । सन् १९९८ मा स्थापित कम्पनीले बुधबार २४औँ वार्षिकोत्सव मनाएको हो ।


ADVERTISEMENT


सन् १९९८ को सेप्टेम्बरमा क्यानडामा बनेको डीएचसी६-३०० ट्वीटअटरमार्फत पहिलो व्यवसायिक उडान भरेको थियो । यती एयरलाइन्सले हाल आफ्ना ६ वटा एटीएआर ७२-५०० जहाजमार्फत देशका सुगम सहरहरुमा यात्रुको सेवा गरिरहेको छ । कम्पनीले भदौ २० गतेमात्रै छैटौँ एटीएआर ७२-५०० जहाज नेपाल भित्र्याएको थियो ।


ADVERTISEMENT

# # #


यतीले हाल नेपालको राजधानी काठमाडौँबाट चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्जलगायतका ठाउँमा उडान गर्दै आएको छ । यस्तै यती एयरले दुर्गमका यात्रुलाई लक्षित गर्दै सन् २००९ देखि भगिनी संस्थाका रुपमा तारा एयर प्रा.लि. सञ्चालन गर्दै आएको छ ।

तारा एयरका तीन वटा ट्विन ओटर्स विमानले लुक्ला, फाप्लु, मुस्ताङ, हुम्ला, जुम्ला, बाजुरा लगायका ठाउँमा उडान भर्दै आएका छन् ।