काठमाडौँ – काठमाडौँको कपनमा भीषण आगलागी भएको छ । बुधबार साँझ बुढानीलण्ठ नगरपालिका–११, राम मन्दिर चोक नजिकैको घरमा आगलागी भएको हो ।


ADVERTISEMENT


आगलागीको कारणबारे विस्तृत विरण आउन बाँकी छ । तर, आगलागी भएको ठाउँमा ठूलो आवाज आएकाले ग्यास सिलिण्डर विस्फोट भएको हुनसक्ने आशंका गरिएको छ ।


ADVERTISEMENT

# # #


आगलागी नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग भइरहेको प्रहरीले जानकारी दिएको छ ।