काठमाडौं –  ई–कमर्श प्लेटफर्म स्मार्ट डोकोले ‘बडा दशैं कडा अफर’ नामक योजना ल्याएको छ । यस अन्तर्गत इलेक्ट्रोनिक्स, किराना सामान, फेसन, सौन्दर्य तथा अन्य थुप्रै सामानमा ६७ प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT


ग्राहकले हरेक दिन पेबल स्मार्टवाच र बम्पर उपहारमा एकजनाले सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउने बताइएको छ । उक्त योजनामार्फत ग्राहकले हिमालयन बैंकमा १ हजार रुपैयाँसम्मको क्याशब्याक पाउनसक्नेछन्, जसलाई ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड अथवा प्रिपेड कार्डबाट प्राप्त गर्नसक्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी ग्राहकले ‘१ रुपैयाँ गेम’मा सहभागी भएर विभिन्न रोमाञ्चक उपहार जित्न सक्नेछन् । त्यस्तै काठमाडौं उपत्यकाभित्रका ग्राहकले  ७५० को न्यूनतम अर्डर मूल्यमा निःशुल्क डेलिभरीको सुविधा पाउने जनाएको छ ।

कम्पनीका अनुसार स्मार्ट डोकोमा ५० हजारभन्दा पनि बढी सामान उपलब्ध छन्, जसमा बेबीकेयर, इलेक्ट्रोनिक्स, किराना सामान, स्वास्थ्य, फेसन लगायतका वस्तु छन् । अफर २१ सेप्टेम्बर देखि २७ सेप्टेम्बर सम्म लागु हुने कम्पनीले जनाएको छ ।