काठमाडौं – एनएमबि बैंक लिमिटेडले बिद्युतीय गाडीहरुमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदि ट्रेडिङ्गसंग सहकार्य गरेको छ ।


ADVERTISEMENT


यो सहकार्य बैंकिङ्ग क्षेत्रमै एक उत्कृष्ट योजना अन्तर्गत पर्दछ । जसमा ८०% फाइनान्सिङ्ग सहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ ।


ADVERTISEMENT

# # #


वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवर्धन गर्न बैंकले यो समझदारी गरेकोे छ जसमा न्युन ब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरु समावेश गरिएको छ ।

एनएमबिको यस कर्जा योजना; ब्यवसाय संगसंगै वातावरणीय दायित्व पुरा गर्नेे सचेत प्रयास पनि हो । यो योजनाले नेपालकै विद्युतलाई सदुपयोग हुने लक्ष्य लिइएको छ ।

यस योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई वातावरणलाई दिगो बनाउन समेत टेवा पुग्ने छ, बैंकले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।