काठमाडौँ – स्वरोजगार यातायात मजदुर संगठनले सार्वजनिक सवारी साधनमा लगाएको २० वर्षे आयु पुनर्विचार गर्न माग गरेको छ ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले भेहिकल फिटनेश टेष्टका आधारमा मात्रै सवारीसाधन चल्न पाउने मापदण्ड बनाई २० बर्षे आयु पुनर्बिचार गर्न माग गरेको हो ।


ADVERTISEMENT

# # #


सार्वजनिक सवारीलाई लगाइएको २० वर्ष आयु तोक्ने निर्णय तत्काल खारेज हुनुपर्ने, २० वर्ष पुगेका सवारी साधनहरुको कागजपत्रहरु तत्काल नविकरण गर्नुपर्ने र जफत गरिएका सवारी सवारी साधनहरु तत्काल सवारी धनीहरुलाई फिर्ता गर्नुपपर्ने आफुहरुको माग रहेको संगठनका अध्यक्ष खड्ग बहादुर गिरीले जानकारी दिए ।

उनले गाडीहरु आयुले नभई इञ्जीनले चल्ने भएकाले इञ्जीन सहि अवस्थामा रहेका सवारी साधन चल्न पाउनुपर्ने बताए ।

संगठनले यस विषयमा आफुहरु छलफल गर्न तयार रहेको र समस्या समाधान नभए संघर्षको बाटो रोज्ने चेतावनी दिएको छ ।