काठमाडौँ – ‘दि नेपाल डिस्टीलरिज’ले उच्चकोटीको ‘न्यूड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ । काठमाडौँमा आयोजित एक बहुप्रतिष्ठित फेसन विकअन्तर्गत नेपालकै प्रतिष्ठित डिजाइनर शिवाङ्गी प्रधान तथा चुपलाग स्टूडियो र शो स्टपर साम्राज्ञी आर.एल. शाहको सिक्वेन्समा बिहीबार साँझ ‘न्यूड सुपेरियर भोड्का’ अनावरण गरिएको हो ।


ADVERTISEMENT


‘न्यूड सुपेरियर भोड्का’ नेपालको पहिलो राइसबेस्ड भोड्का भएको कम्पनीको दाबी छ । राइसबेस्ड भएका कारण यसमा अभूतपूर्व प्राकृतिक मिठास पाउन सकिनुका साथै यसमा अतिरिक्त चिनी मिश्रण नगरिएको कम्पनीको जिकिर छ । साथै, ग्लुटेन फ्री तथा ग्लिसरिन फ्री जस्ता विशेषताले भोड्कालाई थप उच्चकोटीको बनाएको बताइएको छ ।


ADVERTISEMENT

# # #


‘न्यूड सुपेरियर भोड्का’को डिजाइन गर्दा स्वास्थ्यप्रति सचेत २१औं शताब्दीका उपभोक्ताको चाहना र मागलाई पूर्ण रुपमा ध्यान दिइएको कम्पनीको भनाई छ । अतिरिक्त स्मूथनेस र उत्कृष्टताका लागि सानो ब्याचमा चारकोल फिल्टर गरी ‘न्यूड सुपेरियर भोड्का’ तयार पारिने बताइएको छ ।

सत्प्रतिशत स्थानीय सामाग्रीहरु प्रयोग गरी ४० वर्षभन्दा बढी अनुभवी अन्तराष्ट्रिय स्तरका ख्यातिप्राप्त ब्लेण्डर क्रिस्टोफर आम्र्सले ‘न्यूड सुपेरियर भोड्का’ डिजाइन गरेका हुन् । स्वाद र गुणस्तरजस्तै ‘न्यूड सुपेरियर भोड्का’को प्याकेजिङ पनि विशेष रहेको उल्लेख गर्दै ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले विदेशमा बन्ने प्रिमियम गुणस्तरको भोड्का स्वदेशमै तयार भएकोले त्यस्ता पेय पदार्थ आयात गर्नुपर्ने बाध्यता हटी राष्ट्रिय अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुर्याउने विश्वास व्यक्त गरे ।