काठमाडौं –  शहरी विकासमन्त्री मेटमणि चौधरीले धोबीखोला करिडोरमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका छन् । शनिबार धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै मन्त्री चौधरीले धोबीखोला करिडोरको केही स्थानमा मात्रै सडकको मापदण्ड मिचेर संरचना बनाएको पाइएको भन्दै मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका हुन् ।


ADVERTISEMENT


अनुगमनका क्रममा उनले सडक छेउमा रहेका आवतजावतलाई कठिनाइ हुने गरि पार्किङ नगर्न पनि आग्रह गरेका थिए । उनले धोबीखोला करिडोरको फुटपाथमा रहेका बिधुत प्राधिकरणको भूमिगत तारको बक्सहरूको कारण आवतजावतमा कठिनाइ भएको पाइएकाले यस विषयमा प्राधिकरणसँग छलफल गर्ने बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले केही समय अघि सडकमा रहेका निर्माण सामाग्री हटाइएपछि अहिलेको अवस्था बुझ्न अनुगमन गरिएको बताए ।

ढकालले धोबीखोला करिडोरको स्तरोन्नतिको काम भइरहेको जानकारी दिए । उनले धोबीखोला करिडोरमा नियमित अनुगमन गरि व्यवस्थित गर्ने कामलाई जारी राख्ने बताए ।