काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा युवाहरुको विस्तारै चासो बढ्नु सकारात्मक भएको भन्दै युवालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शनिबार मोरङ समाज काठमाडौंले दशैंतिहारको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता सिंहले युवाहरुलाई सिपमूलक तालिम दिएर रोजगारी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले स्वास्थ्य,शिक्षा,रोजगारीमा जोडदिँदै सिपसँग शिक्षालाई जोड्नुपर्ने र युवालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । मंसिर ४ को निर्वाचनपछि बन्ने सरकारले जनतालाई अनुभूति गर्नेगरि काम गर्ने उनले बताए । नेता सिंहले संविधानको कार्यन्वयन गर्न र गाउँगाउँमा सिंहदरबारको अवधारणालाई साकार गर्न नेपाली कांग्रेसको जित आवश्यक रहेको जिकिर गरे ।

कांग्रेस कमजोर हुँदा संविधानसभा संविधान बनाउन विफल भएको भन्दै उहाले कांग्रेस संसदमा बलियो भएपछि मात्र संविधान जारी भएको दावी गरे ।