काठमाडौं – पूर्व डिआइजी  कृष्णभक्त ब्रम्हचार्यले प्रतिनिधि सभाका लागि  उम्मेदवारी दिने भएका छन् ।  पूर्व डिआइजी  ब्रम्हचार्यले आगामी संसदीय निर्वाचनमा ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् ।


ADVERTISEMENT


लामो समयसम्म सशस्त्र प्रहरी सेवामा रही डिआइजीबाट सेवा निवृत्त भएका उनले आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचन अन्तर्गत प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


पूर्व डिआइजी  ब्रम्हचार्य प्रहरी सेवाबाट निवृत्त भएपछि सामाजिक सेवामा अग्रसर छन् । नेपालको राजनीतिलाई सफा राख्नुपर्ने धारणा बोकेका उनी राजनीतिमा नयाँ अनुहारहरु आउनुपर्ने विचार राख्छन् ।

स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै ब्रम्हचार्यले भने,  ‘ललितपुर ३ का जनताले मंसिर ४ गते हुने संसदीय निर्वाचनमा मलाई विजयी गराउने छन् भन्ने विश्वास छ ।’

देशको राजनीति बेथितितिर गइरहेको औंल्याउँदै उनले भने, ‘पटक पटक पुराना पार्टीलाई भोट दिदाँ पनि कुनै परिवर्तनको महसुस नभएकाले अब नयाँ अनुहारले चुनाव जित्नुपर्छ ।’

उनले पुराना राजनीतिक पार्टीहरु नसुध्रिएको र राजनीति गर्ने राजनीतिज्ञहरु सीमित स्वार्थको घेरामा समेटिएको हुनाले स्वतन्त्र उम्मेदवारी दिनुपरेको बताए ।

नयाँ विचार  बोकेका विभिन्न पार्टीका युवा नेतृत्वको विचार समेत राजनीतिक पार्टीहरुले  लिन नसकेको उनको गुनासो छ । नेतृत्व परिवर्तन नभई  देश परिवर्तन हुँदैन भन्दै आफू चुनावी मैदानमा उत्रिएको उनको तर्क छ ।