काठमाडौं – कतार एयरवेजले  ‘एयरलाइन अफ द इयर’ अवार्ड जितेको छ । यसपटक ‘एयरलाइन अफ द इयर’ अवार्ड जितेसँगै कतार एयरवेजले  सातौं पटक यो अवार्ड पाएको हो ।


ADVERTISEMENT


सन् २०२२ मा कतार एयरलाइनले २५औं वार्षिकोत्सव मनाइरहेको बेला अन्तर्राष्ट्रिय हवाई यातायात रेटिङ संस्था स्काइट्रेक्सले सातौं पटक एयरलाइन अफ द एयरको उपाधि दिएको हो । एयरवेजले सन् २०११, २०१२, २०१५, २०१७, २०१९, २०२१ र २०२२ df एयरलाइन अफ द इयरको उपाधिसमेत गरी सातपटक यो उपाधि जितेको हो ।


ADVERTISEMENT

# # #


लण्डनमा आयोजित एक समारोहमा विश्वकै उत्कृष्ट बिजनेस क्लास, वर्ल्डस् बेस्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र बेस्ट एयरलाइन इन मिडल इस्ट गरी थप तीन वटा अवार्ड पनि जितेको छ ।

कतार एयरवेजले विश्वकै उत्कृष्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र मध्यपूर्वको उत्कृष्ट एयरलाइनको अवार्डसमेत जितिसकेको  छ ।