काठमाडौँ– मनास्लु हिमालमा हिमपहिरो गएको छ । सोमबार बिहान करिब ११ः३० बजे मनास्लुको तेस्रो र चौथो क्याम्पको बीचमा हिमपहिरो गएको हो।


ADVERTISEMENT


पहिरोमा परी आरोहणका लागि गएका केहि यात्रुहरु घाइते भएको सुचना समेत प्राप्त भएको छ । यद्यपि यससम्बन्धि भने यकिन विवरण प्राप्त भइसकेको छैन  ।


ADVERTISEMENT

# # #


पहिरोका कारण अलपत्र यात्रु उद्धारका लागि हेलिकप्टर अहिले मनास्लुतर्फ गइसकेको प्रमुख जिल्ला अधिकारी शंकरहरी अचार्यले बताए । तर, खराब मौसमका कारण हेलिकप्टर जान नसकेकोले उद्धार प्रभावित बन्न पुगेको उनको भनाई छ ।